धनगढी । कैलाली जिल्लामा १ जना महिला पत्रकार जंगलमा मृत फेला परेकी छन् ।
जिल्लाको घोडाघोडी नगरपालिकामा घर भएकी २३ बर्षीया पत्रकार निर्मला पहराइ घोडाघोडी नगरपालिका–५ अन्तर्गत पर्ने जंगलमा मृत फेला परेकी हुन् ।
इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) सागर बोहोराले पत्रकार पहराइको शव रुखमा झुन्डिएको अवस्थामा फेला परेको बताए ।
घोडाघोडी नगरपालिका वडा नम्वर ४ घर भएकी पहराइ कैलाली जिल्लाको कैलाली एफएममा कार्यरत थिईन् ।
पहराइ ३१ गतेबाट सम्पर्क विहीन भएकी थिइन् । आफन्तले प्रहरीलाई दिएको जानकारीका अनुसार पहराइ तीन दिन अगाडि घरबाट सुख्खड बजार जाने भन्दै निस्किएकी थिइन् ।
तीन दिन अगाडि घरबाट निस्किएकी उनी त्यसयता कसैको सम्पर्कमा थिइनन् । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।