हर्न बजाउँदै जनकपुर आइपुग्यो रेल (भिडियोसहित)

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ३ : ०९


काठमाडौं । नेपालको आफ्नै रेल जनकपुर आइपुगेको छ । शुक्रवार दिउँसो रेल भारतबाट नेपाल आइपुगेको हो ।

कुर्था–जनकपुरधाम तथा भारतको जयनगरसम्म सञ्चालनका लागि रेल जनकपुरधाम आइपुगेको हो।


रेल आज आइपुग्ने भएसँगै मानिसहरुको ठूलो भीड जनकपुरको रेलवे स्टेशनमा जम्मा भएका थिए ।

स्टेसन आइपुग्दा हर्न बजाँउदै आएको रेललाई मानिसहरुले ताली बजाएर स्वागत गरेका थिए ।

बन्द रहेको नेपालको एकमात्र रेल सेवा पुनः संचालनका लागि दुई सेट रेल ल्याइएको हो।

यसरी ल्याइएका रेलको बोगीहरू विशेषरूपमा डिजाइन गरिएको छ। नेपालको राष्ट्रिय झण्डामा रहेका रंगहरूजस्तै रग लगाइएको छ ।

विभागका महानिर्देशक बलराम मिश्रका अनुसार यो रेल डिजेलबाट स्टार्ट हुन्छ। जेनेरेटरबाट पैदा भएको बिजुलीले इन्जिन चल्छ।

रेललाई फर्काइराख्नु पर्दैन। दुबैतिर इन्जिन रहेकाले रेल चलाउन निकै सजिलो रहेको मिश्रले बताए।

भारतका विभिन्न सहरमा ३०० किलोमिटरसम्म चल्ने यस किसिमका रेलहरू रहेको मिश्रले बताए।

रेल बनाउन भारतीय कम्पनी इन्टरनेशनल कोच फ्याक्ट्रीलाई दिइएको थियो। यो कम्पनी रेल निर्माणका लागि भारतमा चर्चित मानिन्छ।


प्रतिक्रिया दिनुहोस्