प्रहरी हिरासतमा रहेका विप्लवका दाईलाई कोरोना संक्रमण

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  २ : २२


काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा महासचिव विप्लवका दाई चन्द्रबहादुर चन्दलाई कोरोना संक्रमण भएको छ।

धरान स्थित प्रहरी हिरासतमा रहेका नेता चन्दमा कोरोना संक्रमण पाइएको हो।

प्रहरी हिरासतमा रहेका नेता चन्दलाई संक्रमण भएपछि उनलाई वी.पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि लगिएको छ।

नेता चन्दलाई सङखुवासभा जिल्ला अदालतले छाड्ने आदेश दिए लगत्तै पुनः पक्राउ गरी धरान लगिएको थियो।

धरान प्रहरी हिरासतमा नेता चन्द र र अर्का नेता अनिल विरही एउटै हिरासतमा छन।

गत असोज ३० गते दाङबाट गिरफ्तार गरिएका नेता वीरजङ्गलाई जिल्ला अदालत दाङ देउखुरीले रिहा गरेलगत्तै पुनः गिरफ्तार गरी काभ्रे पुर्याएको थियो।

त्यस्तै काभ्रेबाट रिहा हुनेबित्तिकै उनलाई पुनः तेस्रोपटक गिरफ्तार गरी भोजपुर लगिएको थियो।

नेता वीजङ्गलाई त्यसपछि भोजपुरबाट रिहा हुनेबित्तिकै चौथोपटक गिरफ्तार गरी सङ्खुवासभा लगिएको थियो।

सङ्खुवासभाबाट पनि पाँचौँपटक गिरफ्तार गरेर उनलाई सुनसरी लगिएको छ।

सुनसरीमा प्रहरी हिरासतमा रहेकै बेला नेता वीरजङ्गलाई कोरोना सङ्क्रमण भएको भन्दै उनको परिवारले जीवनरक्षाको माग गरेको छ।


प्रतिक्रिया दिनुहोस्