कोरोना संक्रमण हुँदा मात्र होइन यस कारण पनि दुख्छ घाँटी

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  १२ : ३४


काठमाडौं । तपाईलाई कहिलेकाँही केही खानेकुरा खान र पानी पिउँदासमेत घाँटी दुख्ने गरेको होला ।

घाटीको भाग सुन्निने र पानी समेत पिउन नसक्ने गरी हाम्रो घाटी दुख्दा धरैले यसलाई टन्सिलको रुपमा लिने गर्छन् । अहिले कोरोना महामारीको समयमा कतिपयले घाँटी दुख्दा कतै कोरोना संक्रमण त भएन भन्ने चिन्ता लिने गर्छन् ।

कोरोनाको लक्ष्यणमा घाँटी दुख्नने स्वासप्रस्वासमा समस्या हुन्छ ।

तर घाँटी दुख्नु अन्य कारणले पनि भएको हुन्छ । सामान्यता घाँटी दुखेको बेलामा मानिसहरुले तातोपानी पिउने गर्छन् ।

यस्तो अवस्थामा मानिसहरुले चिसो वा टन्सिल होला भनेर यसलाई खासै ध्यान दिँदैनन् । तर यो समस्या भइरहन्छ र गला अवरुद्ध हुने क्रम लामो समयसम्म चल्छ भने त्यसलाई सामान्य रुपमा लिनु हुँदैन ।

किनकी यो थाइराइडको समस्या हुनसक्छ । थाइराइडको ग्रन्थी हाम्रो घाँटीमा हुन्छ । यसले शरीरलाई आवश्यक पर्ने हार्मोन उत्पादन गर्छ । तर अनावश्य रुपमा थाइराइड बढ्न थालेमा क्यान्सर समेत हुनसक्छ ।
यस्तो हुन्छ थाइराइड क्यान्सरको लक्षण

घाटी सुन्निन्छ । पानी, खाना खान र थूक निल्न गाह्रो हुन्छ ।
गलामा गाठा आएको महशुस हुन्छ ।
विरामी परेजस्तो कमजोर महशुस हुन्छ ।
काम गर्दा बढि थकान महशुस हुन्छ ।
महिलाहरुमा रजस्वला छिटो छिटो सुरु हुन्छ ।
रजस्वलाको समायमा अत्याधिक पिडा हुन्छ ।
शरीरको मांसपेशी तथा जोर्नीहरुमा पिडा महशुस हुन्छ ।

थाइराइड क्यान्सरले लिन्छ ज्यान

थाइराइडको समस्या धेरैजस्तो ३० वर्ष उमेर कटेमा मानिसहरुमा बढि हुन्छ । चिकित्सकको अनुसार थाइराइड क्यान्सर पुरुषमा भन्दा महिलामा तीन गुण बढि हुन्छ । रेडियसन थेरापी गर्ने व्यक्तिहरु थाइराइड क्यान्सरको जोखिममा हुन्छ । विकिरणहरुको कारण थाइराइड हुने सम्भावना धेरै हुने भएकाले कुनै स्वास्थ्य समस्या देखिएमा चिकित्सकको सल्लाह लिएर मात्रै रेडियसन थेरापी गर्नुपर्छ ।

त्यसैले थाइराइडबाट जोगिन कुनै समस्या भएमा रेडियसन थेरापी गर्नुहुँदैन । थाइराइड वंगाणुगत समस्या भएकाले आफ्नो परिवारमा कसैलाई थाइराइडको समस्या छ भने परिवारका अन्य सदस्यलाई पनि थाइराइड क्यान्सर हुनसक्छ । त्यसलैले थाइराइड क्यान्सर हुनबाट बच्न समय समयमा थाइराइडको परीक्षण गर्नुपर्छ ।

थाइराइडको लक्षण भएका व्यक्तिहरुमा अल्ट्रासाउण्ड गरेर क्यान्सर भएको छ वा छैन भनेर पत्ता लगाउन सकिन्छ । थाइराइड क्यान्सर भएमा तत्काल अप्रेशन गरी थाइराइड ग्रन्थि काटेर फाल्नुपर्छ ।

 


प्रतिक्रिया दिनुहोस्