चितवनमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  १० : २५


चितवन । चितवनमा कोरोना (कोभिड १९) संक्रमति थप एक पुरुषको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत नवलपरासीअस्पतालका निर्देशक डा.दयाराम लम्सालले दिएकाे जानकारी अनुसार पूर्व देवचुली नगरपालिका ११ का ३१ बर्षिय पुरुषको राति १२ः१८ मा मृत्यु भएको हाे ।

पुरुषको सघन कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो ।

गत भदौ २५ गते स्वासप्रश्वास तथा निमोनियाको समस्या भई उनि अस्पताल भर्ना भएका थिए ।

उनको भदौ २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।


प्रतिक्रिया दिनुहोस्