रत्ननगर नगरपालिकाका मेयर वनलाई कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  १० : १४


चितवन । चितवनको रत्ननगर नगरपालिकाका मेयर नारायण वनलाई कोरोना पुष्टि भएको छ ।

बिहिवार गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको हो । उनले भदौ २८ गते भरतपुरको कोभिड १९ ल्याब मार्फत स्वाब दिएका थिए ।

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार चितवन मेडिकल कलेजको कोभिड ल्याबमा परिक्षण गरिएको थियाे ।

मेयर वनले कोरोनासँग मिल्दोजुल्दो सामान्य लक्षण देखिएपछि गत भदौ २८ गते स्वाब दिएका थिए ।

कामको दौरानमा उनलाई कारोना पुष्टी भएको हो ।

स्वाव दिने बेलामा केही लक्षण देखिएको भएपनि अहिले स्वस्थ्य अवस्था सामान्य रहेको मेयर वनले बताए ।

उनी घरकै आइसोलेसनमा बसिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्