मोदीको जन्मदिनमा भारतका बेरोजगार युवाहरु सडकमा (फाेटाे फिचर)

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ८ : १०


काठमाडाैं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनमा भारतका विभिन्न शहरमा बेरोजगार युवाहरुले राष्ट्रिय बेरोजगार दिवसका रुपमा मनाएका छन् ।

बिहीबार भारतका कतिपय स्थानमा युवाहरुले बेरोजगार दिवसका रुपमा मनाएका हुन्।

प्रमुख विपक्षी दलको पनि समर्थनमा बेरोजगार युवाहरुले प्रदर्शन गरेका थिए ।

पछिल्लो ६ वर्ष यता युवाहरुलाई रोजगारका नाममा मात्र झुठो आश्वासन प्राप्त भएको राजस्थानका पूर्व उप–मुख्यमन्त्री तथा कांग्रेस नेता सचिन पायलटले बताएका छन्।

प्रदर्शनमा विपक्षी दलका नेता तथा कार्यकर्ताहरुको पनि बाक्लाे सहभागिता रहेकाे थियो।

तस्वीरमा हेर्नुहाेस बेरोजगार युवाहरुले प्रदर्शन


प्रतिक्रिया दिनुहोस्