काठमाडौं । भारतमा गएको २४ घण्टामा ९६ हजार ७ सय ९३ जना संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ ।
यसरी भारतमा कोरोना संक्रमितको संख्या ५२ लाख १२ हजार ६ सय ८६ पुगेको छ ।
त्यस्तै भारतमा एकैदिन ११ सय ७४ जनाले कोरोना भाइरस संक्रमणको कारण ज्यान गुमाएका छन् ।
यसरी भारतमा कोरोनाबाट ज्यान जानेको संख्या ८४ हजार ४ सय ४ पुगेको छ ।
भारतमा संक्रमित ४१ लाख ५० हजार ४ सय ९२ जना उपचारपछि निको भएका छन् भने १० लाख १८ हजार ४ सय ५४ जना उपचारत छन् ।