नेकपा वरिष्ठ नेता खनाल र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ८ : ०७


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र भारतीय राजदूत विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनाललाई भेट्न राजदूत क्वात्रा बिहीबार खनाल निवास डल्लु पुगेका थिए।

खनालका स्वकीय सचिव कृष्ण भट्टराईले वरिष्ठ नेता खनाल र राजदूत क्वात्राबीच शिष्टचार भेटवार्ता भएको बताए।

उनले भेटका क्रममा दुई देशबीचको आपसी हितका विषयमा कुराकानी भएको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्