जापानमा नवनिर्वाचित प्रधानमन्त्री सुगाद्वारा पदवहाली

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ७ : ४८


जापानका नयाँ प्रधानमन्त्री योशीहिडे सुगाले बिहीबार देशका कार्यकारी प्रधानमन्त्रीको रूपमा पदभार सम्हालेका छन।

कार्यालयमा उपस्थित भई जिम्मेवारी सम्हालेपछि उनले ‘जनताको अपेक्षा पूरा गर्ने’ प्रतिवद्धता व्यक्त गरेका छन।

प्रधानमन्त्रीको कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै सुगाले आफ्नो मन्त्रिपरिषद्ले कुशलताका साथ जनमतको सम्मान गर्दै अघि बढने बताए।

“म जनताको लागि काम गर्ने र नतीजा प्राप्त गर्ने मन्त्रीमण्डल बनाएर जनताको अपेक्षा पूरा गर्न चाहन्छु,“ सुगाले भने।

पदबहालीपछि नवनिर्वाचित मन्त्रीपरिषद्का मुख्य सचिव कत्सुनोबु कातोले कोरोनाभाइरस महामारीको बिरूद्ध लड्न र सङ्क्रमणलाई थप बढ्न नदिन पूर्ववत प्रशासनको मार्गलाई पछ्याउँदै अघि बढ्ने बताए।


प्रतिक्रिया दिनुहोस्