काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकामा थप ६ सय १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका गरी ६ सय १८ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण देखिएकामध्ये काठमाडौं जिल्लाका मात्रै ५ सय ७ जना छन् । यस्तै, ललितपुर जिल्लाका ६१ र भक्तपुर जिल्लाका ५० जना छन् ।
यससँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १३ हजार ६ सय ६१ पुगेको छ ।
हालसम्म काठमाडौं जिल्लामा सबैभन्दा बढी कोरोना संक्रमितको संख्या ११ हजार २ सय ९ पुगेको छ । यस्तै, ललितपुर जिल्लामा १ हजार २ सय ८६ र भक्तुर जिल्लामा १ हजार १ सय ३६ कोरोना संक्रमित पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
देशभर भने पछिल्लो २४ घण्टामा १ हजार २ सय ४६ जनामा संक्रमण देखिएको छ ।
थप १ हजार २ सय ४६ जनामा संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ ।