नेपालमा थप १२४६ जनामा कोरोना भाइरसको संक्रमण

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ४ : २६


काठमाडौं । नेपालमा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

देशभरका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ हजार २ सय ४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १० हजार ६४ सय ४१ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको गौतमले बताए ।

थप १ हजार २ सय ४६ जनामा संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्