चीनविरुद्ध जस्तो सुकै कदम चाल्न भारत तयार : रक्षामन्त्री सिंह

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ४ : ०१


काठमाडौं । भारतीय रक्षामन्त्री राजनाथ सिंहले पूर्वी लद्दाखमा चीन विरुद्ध कडा कदम चाल्न तयार रहेको बताएका छन्।

बिहिबार राज्यसभामा सम्बोधन गर्दै मन्त्री सिंहले देशको हितको लागि जतिसुकै ठूलो कदम उठाउन भारत पछि नहट्ने बताए।

चीनसँगा सीमामा बढ्दो तनावको बीच भारतीय रक्षामन्त्रीको धरणा सार्वजनिक भएको हो।

रक्षामन्त्री सिंहले भनेका छन्, ‘भारत हरेक कदम चाल्न तयार छ र यसका लागि भारतीय सेना पूर्ण रूपमा तयार छ। हाम्रा सिपाहीहरू उत्साहित भएका छन्। यो सत्य हो कि लद्दाखमा हामी चुनौतीको सामना गरिरहेका छौं, हो हामी चुनौतीको सामना गर्नेछौं। हामी देशको आफ्नो शिर झुकाउँन दिने छैनौं। हाम्रा जवानहरू चिनियाँ सेनासँग आँखा चिम्लेर उभिएका छन् र उनीहरूलाई सदनबाट यही हौसालको सन्देश दिनुपर्दछ।’

सिंहले द्विपक्षीय सम्बन्ध विकास गर्दै वार्ताको माध्यमबाट सीमाको विवाद समाधान गर्न सकिने बताएका छन्।

सीमा विवाद पूर्णरुपमा समाधान नहुँदासम्म कडाइका साथमा एलएसीको सम्मान र पालना गर्ने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्