भारतीय संसदमा नेपाली भाषामा सम्बोधन, तेन्जिङ नोर्गे शेर्पाको चर्चा

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ३ : १६


काठमाडौं । भारतको सत्ताधारी पार्टी भाजपाका एक सांसदले लोकसभा बैठकमा नेपालीमा सम्बोधन गरेका छन्।

पश्चिम बंगाल राज्यस्थित दार्जिलिङका सांसद राजु विष्टले मंगलबारको संसद बैठकमा नेपाली भाषामा सम्बोधन गरेका हुन।

उनले नेपाली भाषामा सम्बोधन गर्दै तेन्जिङ नोर्गे शेर्पाको चर्चा गरेका छन्।

विश्वकै सर्वोच्च शिखर सगरमाथामा आरोहण गर्ने विश्वकै पहिलो व्यक्ति नेपालका तेन्जिङ नोर्गे शेर्पाको चर्चा गरेका थिए।

विष्टले शेर्पालाई ‘भारत रत्न’ पुरस्कारबाट सम्मानित गर्नुपर्ने माग सरकारसँग राखेका छन्।

सगरमाथा आरोहणका समयमा नेपाली नागरिक रहेका तेन्जिङले पछि भने भारतीय नागरिकता लिएका थिए।

उनको जन्म सोलुखुम्बु जिल्लामा सन् १९१४ मा भएको थियो भने निधन दार्जिलिङमा सन् १९८६ मा भएको थियो।


प्रतिक्रिया दिनुहोस्