भारतीय मिडिया लेख्छन्, ‘देहरादुन-नैनितालमाथि नेपालको दाबी’

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  २ : ११


काठमाडौं । नेपाल-भारतबीच लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका सन्दर्भमा देखिएको पछिल्लो विवाद अझै साम्य भएको छैन।

नेपालले भारतद्वारा अतिक्रमित उक्त भूमी आफ्नो नक्सामा समेटेपनि दुई देशबीच यस मुद्धामा संवाद हुन सकेको छैन।

नेपाल र इस्ट इन्डिया कम्पनीबीच १८१६ मा भएको सुगौली सन्धी अनुसार नेपालले उक्त मुद्धा उठाउँदै आएको छ।

भारतीय मिडिया भने नेपाल बारे अर्नगल प्रचारमा व्यस्त छन्। नेपालमा सुगौली सन्धी पूर्वको ग्रेटर नेपालबारे पनि चर्चा भइरहेको भारतीय मिडिया आजतकले उल्लेख गरेको छ।

पछिल्लो एक रिपोर्टमा आजतकले नेपालले अब भारतका देहरादुन, नैनिताल सहित हिमाञ्चल, युपी, बिहार र सिक्किमका धेरै सहरमाथि दाबी गरेको उल्लेख गरेको छ।

नेपालमा कालपानी, लिपुलेकबारे मात्रै नभई ग्रेटर नेपालको अभियान चीनको आडमा सञ्चालन भइरहेको आरोप लगाइएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टले उत्तराखण्डको कुमाऊँ क्षेत्र अन्तर्गत पर्ने चम्पावत जिल्लाको जंगली केही भाग आफ्नो नगरपालिका अन्तरगत पर्ने बताएको रिपोर्टमा उल्लेख छ।

मेयर विष्टलाई हवाला दिँदै लेखिएको रिपोर्टमा नेपालमा ‘ग्रेटर नेपालको’ अभियान बढ्दै गइरहेको उल्लेख छ।


प्रतिक्रिया दिनुहोस्