अस्पतालबाट डा शशांकले भने– चिन्ता लिनु पर्दैन, दुई तीन दिनमा डिस्चार्ज हुन्छु

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ११ : ३२


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले आफू दुई तीन दिन अस्पतालको आइसोलेसनमा बसेर डिस्चार्ज हुने बताएका छन् ।

आफ्नो स्वास्थ्यबारे जानकारी सामाजिक सञ्जालमार्फत दिँदै महामन्त्री डा कोइरालाले कोरोना भाइरस संक्रमणले प्रभावित भएसँग ओम अस्पतालको आइसोलेसनमा रहेको र आफ्नो स्वास्थ समान्य भएकाले चिन्ता नलिन नेता कार्यकर्ता र शुभचिन्तकसँग अपिल गरेका छन् ।

‘म कोभिड १९ बाट प्रभावित भएको व्यक्ति ओमको आइसोलेसनमा छु तपाईहरुले चिन्ता गर्नु पर्दैन अझै दुई तिन दिन बसेर डिस्चार्ज हुन्छु,’ डा कोइरालाले भनेका छन् ।

कोभिड संक्रमणपछि घरमै आइसोलेसनमा रहेका डा कोइरालालाई ज्वरो आएपछि मंगलबार राति ओम अस्पताल भर्ना गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्