मुख्यमन्त्रीलाई आफ्नो श्रीमान बताउँने महिलाले मुद्धा फिर्ता लिइन्

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ९ : १९


काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई आफ्नो श्रीमान भन्दै मुद्धा दायर गरेकी एक नेकपा कार्यकर्ताले मुद्धा फिर्ता लिएकी छन्।

अविवाहित रहेका राईले आफूमाथि शारीरिक शोषणा गरेको र लिभिङ टुगेदरमा राखेर छाडेको भन्दै अंश दाबी ती महिलालले उजुरी दिएकी थिइन्।

अरुको उक्साहटमा त्यस्तो आरोप लगाइएको आरोप लगाउँदै दोलखाकी नेकपा कार्यकर्ता बालिका खड्काले बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा फिर्ता लिएकी छिन्।

यसअघि खड्काले सञ्चार माध्यममा पनि राईले २०७३ सालमा मन्त्री हुँदा र त्यसअघि पनि शारीरिक शोषण गरेको आरोप लगाएकी थिइन्।

 

 


प्रतिक्रिया दिनुहोस्