होटल तथा रेष्टुरेन्ट क्षेत्रको निषेधाज्ञा हट्यो, भोलिबाट पुरा खोल्न पाइने

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ७ : ५७


काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाका होटल तथा रेष्टुरेन्टमा लगाइएको निषेधाज्ञा तत्कालका लागि हटाइएको जनाएको छ।

यस निषेधाज्ञा सम्बन्धि आदेशहरुको पुनरावलोकन गर्दै टेकअवेमात्र सञ्चालन गर्न दिइएको अब होटल तथा रेष्टुरेन्टहरुलाई खुला गर्न अनुमति दिइएको छ।

अर्को आदेश नहुन्जेलसम्मका लागि पूर्ण संचालनलाई खुला गरिएको काठमाडौं प्रशासनले जनाएको छ।

गृहमन्त्रालयसँगको छलफलपछि काठमाडौं प्रशासनले यस्तो निर्णय गरेको हो।

यस्तै, बार अनुसार पसल खोल्ने व्यवस्था पनि हटाइएको छ ।

बुधबारदेखि अर्को आदेश नभएसम्मका लागि यो व्यवस्था हटाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।

सैलुन तथा ब्युटी पार्लर, सिनेमा हल र जिम, पब र स्पा भने खोल्न पाइने छैन। यस्तै, शैक्षिक संस्था, सभा समारोह, पार्टी तथा विरोध र्‍याली र सभामा लगाइएको रोक पनि कायमै राखिएको छ।

सवारीमा पनि जोर विजोर कायमै राखिएको छ। चाडपर्व नजिकिएसँगै निषेधाज्ञामा लचकता अपनाइएको बताइएको छ।

 


प्रतिक्रिया दिनुहोस्