५० प्रतिशत यात्रु बोकेर निजी वायुसेवाले उडान नगर्ने

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ६ : ४४


काठमाडौं । सरकारले भोलि अर्थात असोज १ बाट आन्तरिक उडान सञ्चालन गर्न अनुमति दिएको छ।

तर, विभिन्न विमान कम्पनीले ५० प्रतिशत यात्रु बोकेर उडान गर्न नसकिने जनाएका छन्।

वायुसेवा सञ्चालक संघले पूर्ण सिट क्षमतामा नै जहाज उडान गर्न पाउनुपर्ने माग गरेको छ।

आफ्नो माग पुरा नहुन्जेल कुनै पनि बुकिङ खुल्ला नगर्ने संघले बताएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १ देखि ५० प्रतिशत यात्रुसहित आन्तरिक उडान खुल्ला गर्ने निर्णय गरेको थियो। बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा वायुसेवा संघ, नागरिक उड्डयन प्राधिकरणको बैठकमा असोज ५ गतेदेखि चलाउने गरी तयारी गर्न भनिएको थियो।

५० प्रतिशतमा यात्रु बोक्न नसकिने संंघले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्