भार बढी भएर डुंगा डुब्दा भारतमा ७ जनाको मृत्यु, ८ बेपत्ता

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ४ : ३९


नयाँ दिल्ली । भारतको राजस्थानस्थित चम्बल नदीमा डुंगा पल्टिँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ। अन्य ८ जना बेपत्ता छन् ।

डुंगामा करिव ३० जना रहेको बताइएको छ । त्यसमध्ये ७ जनाको शव भेटिएको र ८ जना बेपत्ता भएको बताइएको छ।

डुंगामा १४ वटा बाइक नदी पार गराउनका लागि राखिएकोले भार धेरै भएर डुबेको हुन सक्ने अनुमान गरिएको छ।


प्रतिक्रिया दिनुहोस्