कुलमानलाई पुनर्नियुक्ति नदिनु भ्रष्ट राजनीतिको चरम नमूना : रवीन्द्र मिश्र

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ३ : १७


काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो कार्यकालका लागि नियुक्ति नदिनु भ्रष्ट राजनीतिको चरम नमुना भएको बताएका छन्।

घिसिङ आफ्नो ४ बर्षे कार्यकाल सकेर मंगलबारदेखि बिदा भएका छन्। चौतफी जनदबाबका बाबजुत सरकारले घिसिङलाइ पुनर्नियुक्ती दिएन।

सरकारको चौतर्फी आलोचना भइरहेको छ भने देशका विभिन्न ठाँउमा प्रदर्शन भइरहेको छ।

यसबैबीच, संयोजक मिश्रले अन्तर्राष्ट्रिय संस्थाको उदाहरण दिँदै पहिला सेवा गरेकाहरुलाई दोस्रो कार्यकालमा नियुक्ति दिन निवेदन माग नगरिने बताएका छन्।

बुधबार सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै राम्रो काम गरे र नियमले नरोक्ने भए त्यसलाई खुशी साथ नवीकरण गरिने अन्तर्राष्ट्रिय प्रचलन रहेको बताए।

मिश्रले लेखेका छन्, ‘पद्दति होइन, भ्रष्टता हो , धेरै अन्तर्राष्ट्रिय संस्थामा २ वर्षको करारसेवा दिइन्छ। राम्रो काम गरे र नियमले नरोक्ने भए त्यसलाई खुशीसाथ नविकरण गरिन्छ।’

‘विज्ञापन गर्छौँ, तिमीले फेरि निवेदन देऊ’ भनिँदैन। नराम्रो गरे त्यही करारका शर्तलाई देखाएर ‘तिम्रो करारसेवा टुङ्गियो’ भनिन्छ। कुलमानजीले त असाधारण काम गरेका हुन्। उनलाई दोस्रो कार्यकाल नदिनु पद्दति होइन भ्रष्ट राजनीतिको चरम नमूना हो।’


प्रतिक्रिया दिनुहोस्