सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर गएको ‘भूकम्प’को धक्काले बागलुङमा घर भत्कियो

प्रकाशित मिति : आश्विन १४, २०७७ बुधबार


बागलुङ । आज (बुधवार) विहान सिन्धुपाल्चोकका राम्चे केन्द्रबिन्दु बनाएर गएको धक्काले बागलुङमा एक घर भत्किएको छ ।

बुधबार विहानपख गएको भुकम्पको धक्काले बागलुङ नगरपालिका–६ का ६९ बर्षिय दुर्गाबहादुर सुवेदीको घर भत्किएको हो ।

घर बस्नै नमिल्दे गरी भत्किएको बागलुङ नगरपालिका वडा नम्बर–६ का वडा सचिव रुद्रबहादुर केसीले जानकारी दिए । सुवेदीको ढुङ्गगा माटोले बनेको दुई तले टिनको छानो भएको कच्ची घरको दक्षिण तर्फको गारो भत्किएको छ ।

परिवारलाई छिमेकीको घरमा तत्काल बसोबासको व्यावस्थापन गरिएको छ । घरका माथिल्लो तलामा मान्छे बस्ने र तल्लो तलामापशु चौपया राख्ने गरिएको थियो ।

घर भत्किदा मानवीय तथा पशु चौपयामाभने कुनै क्षति नभएको जिल्लाप्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।

बुधबार बिहान सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भएर ६.० रेक्टर रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भुकम्प पनि १२ वैशाख २०७२ को ‘गोरखा भूकम्प’कै परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

०७२ को गोरखा भूकम्पपछि हालसम्म ४ रेक्टर स्केलभन्दा माथिका ५५० भन्दा बढी परकम्प गएको केन्द्रले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्