अख्तियारका पहिलो प्रमुख आयुक्त अनिरुद्रप्रसाद सिंहको निधन

प्रकाशित मिति : आश्विन १४, २०७७ बुधबार


काठमाडौं । सर्वोच्च अदालतका दोस्रो प्रधानन्यायाधीश तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पहिलो प्रमुख आयुक्त अनिरुद्रप्रसाद सिंहको निधन भएको छ ।

१०४ वर्षीय सिंहको मंगलबार राति आफ्नै निवासमा मृत्यु भएको हो । सिंह पछिल्लो समय निमोनियाबाट ग्रसित थिए ।

सप्तरी जिल्लाको बरदाही बनैनिया गाउँमा जन्मिएका सिंहले पटना विश्वविद्यालयबाट बीएलबीको अध्ययन पूरा गरेका थिए ।

उनले २००४ सालमा पहिलोपटक झापा जिल्लाको बडाहाकिमका रुपमा सरकारी सेवा शुरु गरेका थिए । पछि न्याय सेवातर्फ लागेका सिंह ८ जेठ २०१३ देखि १५ असार २०१६ सम्म सर्वोच्च अदालतको प्रथम न्यायाधीश भएका थिए । सर्वोच्च अदालतको हाल रहेको भवन सिंह नै प्रधानन्यायाधीश भएका बेला निर्माण भएको थियो ।

सर्वोच्च अदालतका अधिवक्ता रामनारायण देवका अनुसार सिंह लोकसेवा आयोगका पहिलो अध्यक्ष समेत हुन् ।


प्रतिक्रिया दिनुहोस्