कुलमानलाई पुनः नियुक्त गर्न माग गर्दै काठमाडौंको जोरपाटी र बालाजुमा प्रदर्शन

प्रकाशित मिति : आश्विन १४, २०७७ बुधबार


काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्न माग गर्दै काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन भएको छ ।

घिसिङको पुन नियुक्तको माग गर्दै काठमाडौंको जोरपाटी र बालाजुमा प्रदर्शन भएको हो ।

बालाजु माछापोखरीमा स्वतन्त्र नागरिक समूहले शान्तिपुर्ण प्रदर्शन गरेको हो भने जोरपाटीमा स्थानीय युवाहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले घिसिङलाई पुन नियुक्तिको माग गर्दै नारावाजी गरेका थिए भने प्लेकार्डहरु बोकेका थिए ।

राष्ट्रिय झण्डासहित उपस्थित युवाहरुको समूहले कुलमानको पुनः नियुक्तिमा ढिलाइ भएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।

घिसिङको चार वर्षको कार्यकाल सकिएसँगै मंगलबारबाट औपचारिकरुपमा विदा भएका छन् । उनको विदाइमा हिजो प्राधिकरणमा कार्यक्रम आयोजना गरिएको थियो ।

उनको पुनर्नियुक्तिका लाविग प्रधानमन्त्री ओली इच्छुक नभएको समाचारहरु सार्वजनिक भएका छन् ।


प्रतिक्रिया दिनुहोस्