कोरोना संक्रमित कांग्रेस महामन्त्री शशांक कोइराला ज्वरो आएपछि अस्पताल भर्ना

प्रकाशित मिति : आश्विन १४, २०७७ बुधबार


काठमाडौ। कोरोना संक्रमित भएका कांग्रेस महामन्त्री डा. शशांक कोइराला ओम अस्पताल भर्ना भएका छन्।

संक्रमण भएपछि घरमै आइसोलेसनमा रहेका कोइरालालाई अचानक ज्वरो आएपछि सोमबार राति अस्पताल भर्ना गरिएको हो ।

कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार सोमबार साँझ ६ बजेदेखि कोइरालालाई १०३ डिग्री ज्वरो आएको थियो।

ज्वरो कम नभएपछि राति ८ बजे कोइरालालाई अस्पताल भर्ना गरएको हो ।

अहिले ज्वरो हटे पनि कोइरालामा निमोनियाको संकेत देखिएको डाक्टरले बताएका तिवारीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्