काठमाडौं । सरकारले आन्तरिक हवाई उडान र होटल र रेस्टुरेन्टहरु असोज १ गतेदेखि नै सञ्चालन गर्न दिइने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले असोज १ गतेदेखि आन्तरिक हवाई उडान सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
आन्तरिक उडानका क्रममा विमान कम्पनीहरुले क्षमताभन्दा आधा मात्रै यात्रु बोक्न पाउने छन् । यस्तै, स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूर्ण रुपमा पालना गर्नुपर्ने छ ।