ओखलढुङ्गा । ओखलढुङ्गामा २ जना बालक र एक किशोर मिलेर १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।
ओखलढुङ्गामा चम्पादेवी गाउँपालिकाकी एक १६ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ परेपछि उक्त प्रकरण सार्वजनिक भएको हो ।
पीडित पक्षले प्रहरीमा दिएको जाहेरीका आधारमा १४ र १६ वर्षका दुई बालकसहित १८ वर्षका किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक मिलन बस्नेतले बताए ।
आरोपितलाई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा ल्याइएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको र तीनमध्ये एक जनाले बलात्कार गर्न सहयोग गरेको तथा अन्य दुईले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी निरिक्षक बस्नेतको भनाइ छ ।
बालिकाको स्वास्थ्य परीक्षण पछि उपचार भइरहेको प्रहरीले जनाएको छ ।