काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १२ हजार नाघ्यो

प्रकाशित मिति : भाद्र ३०, २०७७ मंगलबार


काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १२ हजार २ सय ४३ पुगेको छ ।

मंगलबार थप ६ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै उपत्यकामा संक्रमितको संख्या १२ हजा २ सय ४३ पुगेको हो ।

गत २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका गरी ६ सय ७६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौं जिल्लाका मात्रै ५ सय ५५ जना छन् । यस्तै, भक्तपुरका ८६ र ललितपुर जिल्लाका ३५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

देशभर भने कूल संक्रमितको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ । मंगलबार देशभर गरी थप १ हजार ४ सय ५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

 


प्रतिक्रिया दिनुहोस्