सीआईबीका डीएसपीसहित २६ प्रहरीमा कोरोना संक्रमण

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  १ : ४७


काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का २६ जना प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

सीआईबीको महाराजगञ्जस्थि कार्यालयमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी)सहित २६ जनामा कोरोना संक्रमण देखिएको एक अधिकारीले जानकारी दिए ।

विभिन्न प्रकारका अपराध अनुसन्धानमा खटिएका उनीहरुमध्ये केही कन्ट्याक्ट ट्रेसिङमा परेपछि स्वाब संकलन गरी परीक्षणका लागि नेपाल प्रहरी अस्पताल महाराजगञ्ज पठाइएको थियो ।

स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकामध्ये २६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । २६ जनाको रिपोर्ट पोजेटिभ आएपछि अहिले सीआईबीको कार्यलयमा बाहिरी व्यक्तिलाई प्रवेश निषेध गरिएको छ ।

यस्तै, संक्रमण देखिएकाहरुलाई अलग्गै स्थान (आइसोलेसन)मा राखेर उनीहरुको प्रत्यक्ष सम्पर्कमा आएकाको पहिचान गर्न थालिएको छ ।


प्रतिक्रिया दिनुहोस्