जबरजस्ती करणी गरेको अभियोगमा बागमतीकाे माल्टाबाट एक युवक पक्राउ

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  १२ : ५९


काठमाडौं । ४९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा बागमती गाउँपालिका वडा नं. २ माल्टा, ढुंगेपानीबाट ४४ बर्षीय दिनेश जिम्बालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

जिम्बाले पटक/पटक ती महिलालाई जवरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भट्टेडाँडाबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

जबरजस्ती करणी उद्योगमा पिडित स्वयमले जाहेरी दिएको महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी निरीक्षक राजन लम्सालले दैनिकीन्युजलाई बताए ।


प्रतिक्रिया दिनुहोस्