आज पनि बढ्याे सुनकाे मूल्य, हेर्नुहाेस कतिमा हुँदैछ काराेबार ?

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  १० : ५२


काठमाडौं । आज पनि सुनको मुल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सयले बढेर प्रतितोला ९७ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार सुन तोलाको ९६ हजार ९ सयमा कारोबार भएको थियो ।

त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९७ हजारमा कारोबार भइरहेको छ ।

त्यसैगरी मंगलबार चाँदीको मुल्यमा पनि सामान्य वृद्धि भएको छ ।

मंगलबार चाँदीको मुल्य तोलामा २० रुपियाँले बढेर १३ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्