ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख श्रेष्ठलाई कोराना सङ्क्रमण पुष्टि

प्रकाशित मिति : भाद्र ३०, २०७७ मंगलबार


ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

सोमबार कोरोना परीक्षण गराउँदा राति नै सङ्क्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले बताए ।

उनले भने, ‘म हाल किष्ट मेडिकल कलेज ग्वार्काेमा उपचारका लागि बसेको छु । मसँग निकट रहेर काम गर्ने सबै साथीहरुलाई एक पटक कोरोना परीक्षण गर्न आग्रह गर्दछु ।’


प्रतिक्रिया दिनुहोस्