‘हारेकालाई राष्ट्रियसभामा लाने तर राम्रो काम गरेका कुलमानलाई पुनर्नियुक्ति नगर्ने ?’

प्रकाशित मिति : आश्विन १४, २०७७ बुधबार


काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले चुनाव हारेकालाई राष्ट्रियसभामा लाने तर राम्रो काम गरेका कुलमानलाई पुनर्नियुक्ति नगर्ने भन्दै सरकारको आलोचना गरेका छन ।

सरकार कथाको लाटोबुंगोको अवतार जस्तै भएको आरोप लगाएउँदै उनले हिंजो साँझ पोष्ट गरेको ट्वीटमा जनताले माग गरेका कुरा नसुन्ने तर जनताले नगर्न भनेका काम चै गर्ने भन्दै आक्रोस पोखेका हुन ।

उनले भनेका छनः ‘कथामा लाटोबुंगोले जे गर्नु भन्यो त्यो गर्दैनथ्यो र जे नगर्नु भन्यो त्यो गर्थ्यो१ ओली सरकार त्यसैको अवतार जस्तो छ। आम नागरिकरमिडियाले हारेकालाई राष्ट्रियसभामा नलैजाऊ भने, तिनलाई लाने भएछ,’ उनले ट्विटमा लेखेका छन्, ‘तर लोडसेडिङ अन्त्य लगायत राम्रो काम गरेका कुलमानलाई पुनर्नियुक्ति गर भने त्यो चाहिं गरेनछ ! सेम !’


प्रतिक्रिया दिनुहोस्