गायिका गीता भट्टराईको शव झुण्डिएकाे अवस्थामा फेला

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ९ : ०९


इटहरी । कवि, गीतकार तथा गायिका गीता भट्टराईको शव झुण्डिएकाे अवस्थामा फेला परेकाे छ ।

इटहरी नगरपालिका वडा नम्वर ५, पचरुखी निवासी भट्टराई आफ्नै निवासमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

घटनाको अनुसन्धान भईरहेको इटहरी प्रहरीले जनाएको छ ।

पछिल्लो समय गायनमा समेत सक्रिय रहेकी भट्टराईले आइतवारसम्म पनि आफ्नो फसबुकमा साहित्यिक सामाग्री सम्प्रेषण गरेकी थिइन् ।

भट्टराइको परिवारमा पति, एक छोरा र एक छोरी छन् ।

सुदुरपूर्वकी स्रष्टा भट्टराईले केही दिनअघि सुदूरपश्चिममा लोकप्रिय डेउडा गीत गाएर पश्चिम नेपालमा पनि लोकप्रियता हासिल गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्