लियोनेल मेसी बने विश्वको सबैभन्दा बढी कमाउने फुटबलर

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ८ : १८


काठमाडौं । लियोनेल मेसी विश्वको सबैभन्दा बढी कमाउने फुटबलर बनेका छन् ।

फोर्ब्सले जारी गरेको सर्बाधिक कमाउने फुटबलरको सुचीमा मेसीले आफ्ना सदबहार प्रतिद्वन्दी क्रिस्टियानो रोनाल्डोलाई उछिनेका हुन् ।

मेसीको कुल कमाई १२६ मिलियन अमेरिकी डलर रहेको छ ।

जसमा ९२ मिलियन डलर पारिश्रमिक रहेको छ भने विभिन्न ब्रान्डको प्रचार गरे बापत ३४ मिलियन डलर कमाएका छन् ।

त्यस्तै दोस्रो स्थानमा रहेका क्रिस्टियानो रोनाल्डोको कमाई ११७ मिलियन अमेरिकी डलर रहेको फोर्ब्सले उल्लेख गरेको छ ।

जसमा ७० मिलियन डलर पारिश्रमिक रहेको छ भने ४७ मिलियन डलर विभिन्न ब्रान्डको प्रचार गरे बापत कमाएका छन् ।

फोर्ब्सको यस सूचिको तेस्रो स्थानमा ब्राजिलका नेइमार रहेका छन् ।

नेइमारले बार्षिक ९६ मिलियन डलर कमाएका छन् ।

जसमा ७८ मिलियन डलर पारिश्रमिक रहेको छ भने १८ मिलियन डलर विभिन्न ब्रान्डको प्रचार गरेबापतको कमाई रहेको छ ।


प्रतिक्रिया दिनुहोस्