भरतपुर । नारायणगढ-मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा गएराति १०ः३० बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।
सोमबार दिउँसो सोही ठाउँमा गएको पहिरो पन्छाएर साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएको थियो ।
पुनः पहिरो खसेपछि दुइतर्फी नै सडक अवरुद्ध बनेको छ । पानी परिरहेकाले पहिरो पन्छाउने काम शुरु गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जिप्रका चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जनाएअनुसार सोही सडकखण्डअन्तर्गत भरतपुर महानरगपालिका–१ भतेरीमा पनि सालको रुख ढलेर सडक अवरुद्ध भएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डमा यस वर्ष मात्रै दर्जनौँपटक पहिरो गएर सडक अवरुद्ध भएको छ ।