आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ६ : २९


काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ अवस्थित रहेको छ ।

अहिले देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलवार देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै आज राती देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती पनि प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।


प्रतिक्रिया दिनुहोस्