कुलमानको पुनःनियुक्तिको माग राख्दै माइतिघरमा प्रदर्शन

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ८ : ४३


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्ति गर्नुपर्ने माग राख्दै काठमाडौंको माइतिघर मण्डलामा प्रदर्शन भएको छ।

विभिन्न युवाहरुको समूहले सोमबार साँझ घिसिङको समर्थनमा प्रदर्शन गरेका हुन।

राष्ट्रिय झण्डासहित उपस्थिति भएका युवाहरुले सरकार विरुद्ध नारावाजी गरेका थिए। ‘हाम्रा होइन् राम्रा मान्छेलाई नियुक्त गर’, ‘कुलमान जिन्दावाद!’ लगायतका नारा युवाहरुले लगाएका छन्।

यसैबीच, बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ।

आजको बैठकमा सरकारका कामकारवाही लगायतका बारेमा छलफल भएपनि कुलमानको पुनःनियुक्तिबारे उर्जा मन्त्रालयले कुनै प्रस्ताव नपठाएको बताइएको छ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कुलमानलाई पुनः नियुक्त गर्न माग गरिसकेका छन्।


प्रतिक्रिया दिनुहोस्