मल नल्याउने २ कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ५ : ५६


काठमाडौं । सरकारले मल खरिद नगर्ने २ ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ।

कृषि सामग्री कम्पनी लिमिटेडले सोमबार होनिको मल्टिपल र शैलुङ इन्टर प्राइजेजलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालय समक्ष सिफारिस गरिएको हो।

सरकारसँग सम्झौता गरेर रासायनिक मल नल्याएपछि उनीहरुमाथि कारवाही गरिएको हो।

यसअघि ती कम्पनीसँगको सम्झौता रद्द गरि धरौटी बापतको रकम सरकारले जफत गरिसकेको छ।

यी दुवै कम्पनीले २५/२५ हजार मेट्रिकटन युरिया मल आयात गर्ने सम्झौता सरकारी निकाय (कृषि सामग्री कम्पनी लिमिटेड) सँग गरेका थिए।

उक्त सम्झौत अनुसार भदौ २० गते सम्म सबै मल नेपाल भित्रिसक्नुपर्ने थियो। तर, समयमै मल नल्याएपछि किसानलाई समस्या भएको छ।


प्रतिक्रिया दिनुहोस्