आज काठमाडौंमा कति थपिए कोरोना संक्रमित ?

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ४ : ५८


काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार सोमबार काठमाडौंमा ४ सय ४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आइतबार उपत्यकामा ५ सय ९७ जनामा कोरोना संक्रमण देखिएको थियो । आज नेपालमा थप १ हजार १ सय ७० जनामा कोरोना भाइरस को संक्रमण देखिएको छ ।  यस्तै ८ सय ७९ संक्रमित निको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्