सरकारले सबै कोरोना संक्रमितको उपचार नि:शुल्क नगर्ने, अब पैसा तिर्नुपर्ने

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ४ : २१


काठमाडौं । सरकारले सबै कोरोना संक्रमितको उपचार अब नि:शुल्क नगर्ने देखिएको छ।

केही दिनअघि एउटा टेलिभिजन अन्तरवार्तामा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले विपन्न वर्गलाई मात्रै सरकारले हेर्न सक्ने अभिव्यक्ति दिएका थिए।

हाल सरकारले सबै कोरोना संक्रमितको निशुल्क उपचार गर्दै आएको थियो।  कोरोना भाइरसबाट संक्रमित सबैको उपचार खर्च राज्यले व्यहोर्दै आएकोमा स्वास्थ्य मन्त्रालय पछि हटेको छ।

स्वास्थ्य मन्त्रालयले मन्त्री स्तरीय निर्णयबाट अब विपन्न वर्गका नागरिकको मात्रै सरकारले उपचार गर्न सक्ने र अन्यको भने पैसा लाग्ने निर्णय गरेको छ।

सार्वजनिक भएको मन्त्रालयको बैठकले गरेका निर्णयको ८ नम्बर बुँदामा सो कुरा उल्लेख छ।

उक्त निर्णयमा अबदेखि लक्षण भएकाको मात्र उपचारको व्यवस्था गर्ने कुरा पनि उल्लेख छ।

‘चिन्ह वा लक्षणहरु देखिएका व्यक्तिहरुको मात्र उपचार व्यवस्थापन गर्नेस् विपन्न नागरिकको उपचार निःशुल्क गर्ने अन्यको उपचार आफ्नै खर्चमा गर्ने’ उक्त निर्णयमा भनिएको छ।


प्रतिक्रिया दिनुहोस्