पहिरोले नारायणगढ मुग्लिन सडक पूर्णरुपमा अवरुद्ध, एकतर्फी सञ्चालनमा ३ घन्टा लाग्ने

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ३ : १३


चितवन । नारायणगढ मुग्लिन सडक अबरुद्ध भएको छ ।

सवा दुई बजे इच्छाकामना ६ स्थित पाँच किलो नजिक चोर खोलामा पहिरो गएसँगै नारायणगढ मुग्लिङ सडक दुइतर्फी अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ ।

पहिरोले बाटो पूर्णरुपमा अवरुद्ध भएका कारण एकतर्फी यातायाता खुलाउन २,३ घन्टा लाग्ने प्रहरीले जनाएको छ ।

अबरोध हटाएर बाटो खुलाउन आवश्यक पहल भैरहेको र एकतर्फी बाटो सञ्चालनमा ल्याउन अनुमानित २,३ घण्टा लाग्न सक्ने भएकाले धैर्यधारण गरी आआफ्नो लेनमा बसिदिनुहुन प्रहरीले आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्