क्याप्टेन विजय लामालाई कोरोना संक्रमण

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  १ : ५९


काठमाडौं । वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना संक्रमण देखिएको छ ।

नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट लामालाई स्टार अस्पतालमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हहो ।
हो।

उनी अहिले सोल्टी होटलको आइसोलेसनमा छन्।

लामाले आइतबार स्वाब दिएका थिए। सोमबार बिहान रिपोर्ट आएसँगै आफू आइसोलेसनमा भर्ना भएको उनले बताए।

उनीसँगै नेपाल वायुसेवा निगमको वाइडबडी जहाज उडाएका बेलायती क्याप्टेन उदय कोल्हात्करलाई संक्रमण पुष्टि भएको छ।

दुवैले तीन दिनअघि शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई वाइडबडी जहाजबाट अफ्रिकी मुलुक दक्षिण सुडान लगेका थिए।


प्रतिक्रिया दिनुहोस्