स्वास्थ्य सामग्री खरिद प्रकरणमा विवादित बनेको ओम्नी समूह कालो सूचीमा

प्रकाशित मिति : भाद्र २९, २०७७ सोमबार


काठमाडौं । कोरोना भाइरसको रोकथाम तथा संक्रमितको उपचारसँग सम्बन्धित स्वास्थ्य सामग्री खरिद प्रकरणमा विवादित कम्पनी ओम्नी कर्पोरेशन प्रालि कालो सूचीमा परेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नीलाई १ वर्षका लागि कालो सूचीमा राखेको हो ।

ओम्नीले स्वास्थ्य सेवा विभागबाट कोरोना भाइरसको रोकथाम तथा संक्रमितको उपचारसँग सम्बन्धित स्वास्थ्य सामग्री खरिद गर्ने ठेक्का पाएको थियो ।

तोकिएको समयमा स्वास्थ्य सामग्रीको आपूर्ति नगरेको भन्दै विभागले गत चैतमा ओम्नीसँगको ठेक्का सम्झौता रद्द गरेको थियो ।

विभागले ठेक्का सम्झौता रद्द गर्दै ओम्नीलाई कालो सूचीमा राख्न सिफारिस गरेको थियो ।


ओम्नी समूहसँगको मेडिकल सामग्री खरिद सम्झौता रद्ध, ५ करोड रुपैयाँ धरौटी जफत

ओम्नी समूहले खरिद गरेका स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भएको ठहर

 


प्रतिक्रिया दिनुहोस्