कुलमानको पुनर्नियुक्ति हुनेमा विश्वस्त छु : प्रवक्ता श्रेष्ठ

प्रकाशित मिति : आश्विन १४, २०७७ बुधबार


काठमाडौं । सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल विद्युत प्राधिकरणको प्रमुखमा कुलमान घिसिङको पुनर्नियुक्ति हुनेमा आफू विश्वस्त रहेको बताएका छन्।

घिसिङको गतराति १२ बजेबाट ४ वर्षे कार्यकाल सकिएको छ। उनको पुनर्नियुक्ति हुने नहनेमा अझै अन्यौल छ। सरकारले हालसम्म कुनै निर्णय गरेको छैन।

कुलमानलाई फेरि ४ वर्षका लागि नेपाल विद्युत प्राधिकरणको सिइओ बनाउनुपर्ने चौतर्फी जनदवाव उठिरहँदा सरकारले अझै निर्णय गर्न सकेको छैन।

नेकपाकै प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल मार्फत घिसिङको कार्यकाल लम्ब्याउन आफ्नै सरकारलाई आग्रह गरेका हुन।

सामाजिक संजालमा प्रवक्ता श्रेष्ठले लेखेका छन्, ‘विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ। उनले उर्जा क्षेत्रमा जे जति योगदान पुर्याएका छन्, त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन्। नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङको योगदान अझै आवश्यक भएकाले उनको पुनर्नियुक्ति हुनेछ भन्नेमा विश्वस्त छु।’


प्रतिक्रिया दिनुहोस्