२५ देशका नागरिकलाई मलेसिया प्रवेशमा रोक

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ११ : ५०


काठमाडौं । मलेसियाले २५ वटा देशका नागरिकलाई आफ्नो देशमा यात्रा गर्न रोक लगाएको छ ।

कोरोना भाइरस (कोभि १९)को कारण देखाउँदै मलेसियाले २५ देशका नागरिकलाई आफ्नो देशमा यात्रा गर्न रोक लगाएको हो ।

१ लाख ५० हजार भन्दा बढी कोरोना संक्रमित फेला परेका देशका नागरिकलाई ७ सेप्टेम्बरदेखि नै लागू हुने गरी मलेसियाले आफ्नो देशमा यात्रा गर्न रोक लगाएको हो ।

यात्रा प्रतिबन्ध लगाइएका २५ देशमध्ये ५ देश मलेसियाले कामदार लिने देश हुन् ।

मलेसियाले भारत, पाकिस्तान, बंगलादेश, इन्डोनेसिया, र फिलिपिन्सबाट आप्रबासी कामदार लिने गर्छ ।

अहिलेसम्म नेपालका नागरिकलाई भने मलेसियाले आफ्नो देशमा यात्रा गर्न रोक लगाएको छैन ।

मलेसियाले संयुक्त राज्य अमेरिका, ब्राजिल, भारत, रसिया, पेरु, कोलम्बिया, दक्षिण अफ्रिका, स्पेन, अर्जेन्टिना, चिलि, इरान, संयुक्त अधिराज्य (बेलायत) बंगलादेश, साउदी अरेबिया, पाकिस्तान, फ्रान्स, टर्की, इटली, जर्मनी, इराक, फिलिपिन्स र इन्डोनेसियाका नागरिकलाई आफ्नो देशमा यात्रा गर्न रोक लगाएको हो ।

मलेसियामा सोमबारसम्म ९ हजार ९ सय १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोनाको संक्रमणबाट १ सय २८ जनाको मृत्यु भएको छ भने ९ हजार १ सय ९६ जना संक्रमण मुक्त भइसकेका छन् ।

मलेसियामा पछिल्लो २४ घण्टामा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्