सुनसरी । कोरोना भाइरस संक्रमणबाट सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोरङका दुई संक्रमितको ज्यान गएको छ ।
कोरोना भाइरस संक्रमित एक वृद्धसहित मोरङका दुई जना पुरुषको उपचारका क्रममा ज्यान गएको हो । मृतकमध्ये वृद्ध विराटनगर र अर्का पुरुष धनपालथानका हुन्।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मोरङको धनपालथान गाउँपालिका–६ का ४० वर्षीय पुरुषको आइतबार राति ८ः४५ बजे मृत्यु भएको हो ।
मृतकमा दीर्घ रोगको कुनै समस्या नदेखिएको जानकारी उनले दिए। उपचारका लागि प्रतिष्ठान लगिएका मृतकको स्वाब संकलन गरेर प्रतिष्ठानकै ल्याबमा परीक्षण गराउँदा भदौ २६ गते संक्रमण पुष्टि भएको थियो।
याे सँगै विराटनगर महानगरपालिका ठेगाना भएका १८ जना कोरोना संक्रमितले ज्यान गुमाइसकेका छन् । प्रदेश–१ मा हालसम्म ४९ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा १३ जना महिला र ३६ जना पुरुष रहेका छन् ।