नेदरल्याण्डका प्रधानमन्त्री साइकलमा स्याउ टोक्दै अफिस

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  १० : ०२


काठमाडौं । नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुट साइकल हाँकेर अफिस गइरहेको तस्विर चर्चा छ।

सामाजिक सञ्जालमा भाइरल भएको उक्त तस्बिरमा उनी स्याउ टोक्दै साइकल हाँकिरहेका देखिन्छन्।

स्थानीय सञ्चार माध्यमका अनुसार शनिबार ​साप्ताहिक मन्त्रिपरिषद् बैठकका लागि निवासबाट कार्यालय जाँदै गर्दा प्रधानमन्त्रीको तस्बिर खिचिएको हो।

ट्वीटर तथा फेसबुकसहितका सामाजिक सञ्जालमा डच प्रधानमन्त्रीको अहिले निकै प्रशंसा भइरहेको छ। धेरैले उनको सरलताको तारिफ गरेका छन्।


प्रतिक्रिया दिनुहोस्