काठमाडौं । घरमा घरमा डेरा गरी बस्ने व्यक्तिको हत्या गरेको अभियोगमा थप दुई जना पक्राउ परेका छन्।
काठमाडौंको कीर्तिपुर ७ भाजंगलमा प्रेमकृष्ण महर्जनको घरमा डेरागरी बस्ने भारतको बिहारका ४२ वर्षीय शम्भु महत्तोको कुटपिटबाट शुक्रबार ज्यान गएको थियो।
घरघनी प्रेमकृष्ण महर्जनसँग पानी थाप्ने विषयलाई लिएर सामान्य विवाद हुँदा महर्जनले महतोलाई ढोकामा लगाउने काठको आग्लोले प्रहार गरेका थिए। प्रेमकृष्ण महर्जनलाई प्रहरीले तत्काल पक्राउ गरेको थियो।
घटनामा संलग्न देखिएको भन्दै उनका दुई छोराहरु परमेश्वर महर्जन र प्रमोद महर्जनलाई पनि आज पक्राउ गरिएको प्रहरीले जनाएको छ।
महर्जनले प्रहार गरेको आग्लोबाट गम्भीर घाइते महत्तोलाई उपचारका लागि शुक्रबार किर्तिपुर अस्पतालमा लगिएको थियो।
तर,चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। उनीहरु तिनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।