काठमाडौं । काठमाडौं उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा बढी संक्रमणका घटना देखिएका छन्।
आइतबारसम्म काठमाडौं महानगरपालिकामा कोरोना संक्रमितको संख्या पाँच हजार एक सय ६० पुगेको छ।
म्हानगरको तथ्यांकअनुसार उनीहरुमध्ये एक हजार ६ सय ८६ जना होम आइसोलेसनमा, चार सय १६ जना अस्पतालमा र एक हजार तीन सय तीन जना संस्थागत आईसोलेसनमा रहेका छन्।
काठमाडौंमा रहेका कुल संक्रमितहरुमध्ये अहिलेसम्म एक हजार दुई सय ९७ जना निको भईसकेका छन् भने ३३ जनाको मृत्यु भएको छ। यस्तै काठमाडौंमा रहेका चार सय २५ जना संक्रमितहरुको भने कुनै पनि विवरण खुल्न सकेको छैन।
अहिलेसम्म तीन हजार चार सय पाँच जना सक्रिय संक्रमित रहेको काठमाडौं महानगरपालिकाले जनाएको छ। कुन वडामा कति संक्रमित? तल हेर्नुहोस्